बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • भारतद्वारा न्युजिल्यान्डविरुद्धको टी–२० शृंखला ‘क्लिन स्विप’

भारतद्वारा न्युजिल्यान्डविरुद्धको टी–२० शृंखला ‘क्लिन स्विप’

भारतले न्युजिल्यान्डविरुद्धको पाँच खेलको टी–२० क्रिकेट शृंखला ‘क्लिन स्विप’ गरेको छ।
 |  आइतबार, माघ १९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १९, २०७६

काठमाडौं– भारतले न्युजिल्यान्डविरुद्धको पाँच खेलको टी–२० क्रिकेट शृंखला ‘क्लिन स्विप’ गरेको छ।

आइतबार सम्पन्न शृंखलाको पाँचौं खेलमा पराजित गर्दै भारतले शृंखला ‘क्लिन स्विप’ गरेको हो।

१६४ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ९ विकेट गुमाउँदै १५६ रनमा सीमित भएपछि भारतले खेल जितेको हो।

न्युजिल्यान्डका लागि रोस टेलरले सर्वाधि ५३ रन जोडे। यस्तै, टिम सेफर्डले ५०, इस सोदीले अभिजित रहँदै १६ र कोलिन मुनरोले १५ रन बनाए।
अन्य खेलाडीले दोहोरो अंकको रन छुन सकेनन्।

न्युजिल्यान्डको पारी ध्वस्त बनाउन भारतका जसप्रित बुमराहले तीन, नवदीप सैनी तथा सार्दुल ठाकुरले दुई–दुई विकेट लिए। यस्तै, वासिंटन सुन्दरले एक विकेट चट्काए।

त्यसअघि भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १६३ रन जोडेको थियो। भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ६० रन बनाए। उनी रिटायर्ड हर्ट भएका थिए। यस्तै, केएल राहुलले ४५, श्रेयस ऐयरले ३३ र मनिष पान्डेले ११ रन जोडे।

न्युजिल्यान्डका स्कट कुगेलेजेनले दुई तथा हामिस बेनेटले एक विकेट लिए।

प्रकाशित: Feb 02, 2020| 16:25 आइतबार, माघ १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।