बुधबार, असार ३१, २०८३

इम्री क्यान डर्टमन्डमा अनुबन्धन

इम्री क्यानले अब डर्टमुन्डबाट फुटबल खेल्ने भएका छन्।
 |  शनिबार, माघ १८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ १८, २०७६

म्युनिख– इम्री क्यानले अब डर्टमुन्डबाट फुटबल खेल्ने भएका छन्।

उनले सिरी एको साविक विजेता युभेन्ट्स छोडेर जर्मनी क्लाब रोजेसँगै बुन्डेसलिगा खेल्ने भएका हुन्।

इम्रीले त्यहाँ २७ नम्बरको जर्सी लगाउने छन्।

उनलाई अनुबन्धन गर्ने क्रममा डर्टमुन्डका निर्देशक माइकल जोर्कले भनेका छन्, “इम्रीमा हामी जर्मनीको राष्ट्रियता पाउने छौं। उनी डिफेन्स र सेन्ट्रल मिडफिल्डमा पनि राम्रो गर्न सक्छन्। उनी एक यस्ता खेलाडी हुन्, जसले फुटबलमा आफ्नो टेक्निक प्रयोग गर्छन् र उनमा जितको भोक पनि छ।”

उनले थपे, “मलाई लाग्छ टिमको पोटेन्सियल पनि राम्रो बन्नेछ।”

इम्रीलाई किन्न युभेन्टसले डर्टमुन्डलाई विकल्प पनि दिएको छ। तर, उनी हाललाई लोनमा बुन्डेसलिगा खेल्न गएका हुन्।

इम्रीले वायर्न म्युनिख र बायर लिभरकसेनबाट पहिले पनि जर्मनी लिग बुन्डेसलिगा खेलिसकेका छन्।

प्रकाशित: Feb 01, 2020| 12:55 शनिबार, माघ १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।