बुधबार, असार ३१, २०८३

राजेश चम्किँदा एनआरटी विजयी

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबार सम्पन्न दोस्रो खेलमा न्युरोड टिम (एनआरटी) विजयी भएको छ।
 |  बिहीबार, माघ १६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १६, २०७६

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबार सम्पन्न दोस्रो खेलमा न्युरोड टिम (एनआरटी) विजयी भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एनआरटीले बिग्रेड बोइज क्लब (बिबिसी) लाई २–० गोलअन्तरले पराजित गरेको हो।

खेलको ३२ औं मिनेटमा एनआरटीका राजेश परियारले गोल गर्दै एनआरटीलाई सुरुवाती अग्रता दिलाए।

राजेशको बाहेक अन्य गोल बन्न नसक्दा पहिलो हाफमा एनआरटीले एक गोलको अग्रता बनाएको थियो।

दोस्रो हाफमा पुन राजेशले नै व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रतालाई दोब्बर बनाए। खेलको ५२ औं मेनेटमा दोस्रो गोल गरेका राजेश ६२ औं मिनेटमै मैदान बाहिरिए। कोचले उनको ठाउँमा कृष रत्न छुन्जुलाई मैदान पठाएका थिए। २२औँ मिनेटमा मैदान प्रवेश गरेका राजेश ३४ मिनेट मैदानमा रहे।

पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्न नसक्दा बिग्रेड बोइजले एक गोल पनि गर्न सकेन। बिबिसीका अनिल गुरुङको प्रहारलाई एनआरटीका गोलकिपर अजितले डाइभमार्फत सजिलै पोस्ट बाहिर पठाइदिएका थिए।

एनआरटीका ले ६१ औं मिनेटमा आफ्नै डिबक्स भित्रै हेन्ड बल गरेकाले बिबिसीले पेनाल्टीको अवसर पाएको थियो।

यो जितसँगै एनआरटीले ५ जित, २ समान बराबरी र हारको सामना गर्दै १५ अंक बनाएको छ। १५ अंकसहित उ अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। गतसाल रेलिगेसनमा परेको एनआरटीको २ अंक कटौती गरिएको छ।

एनआरटी र बिबिसीबीचको खेलसँगै ए डिभिजन लिगका नबौँ चरणका खेल सकिएका छन्। नबौँ चरणका खेलसम्म त्रिभुवन आर्मी अंक तालिकाको पहिलो स्थानमा रहेको छ।

प्रकाशित: Jan 30, 2020| 17:07 बिहीबार, माघ १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।