बुधबार, असार ३१, २०८३

सहिद स्मारक ‘ए’ डिभिजन लिग : नवौं चरणपछि यस्तो छ अंकतालिका

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग नवौं चरण सकिँदा अंकतालिकामा त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा छ।
 |  शुक्रबार, माघ १७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १७, २०७६

काठमाडौं– कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग नवौं चरणका खेल सकिएका छन्।

नवौं चरण सकिँदा अंकतालिकामा त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा छ। त्रिभुवन आर्मीले ६ खेलमा जित हात पार्दा २ मा बराबरी र १ मा हारको सामना गरेको छ।

यसअघि आठौं चरण सकिँदा पनि अंकतालिकामा त्रिभुवन आर्मी शीर्ष स्थानमै थियो।

त्रिभुवन आर्मी शीर्षमा कायमै, मछिन्द्र र मनाङ मर्स्याङ्दी पछ्याउँदै

आर्मीसँग समान नतिजा भएको सान मिगेल मछिन्द्र क्लब भने १९ अंकसहित दोस्रो स्थानमा छ। गत सिजनमा रेलिगेसन नपरेकाले मछिन्द्रको १ अंक कम भएको छ।

यस्तै, एनओसी मनाङ मर्स्याङ्दी क्लब १९ अंकसहित तेस्रो स्थानमा छ। जारी सिजनको एक मात्र अपराजित टिम मनाङले ५ खेलमा जित र ४ मा बराबरी खेलेको छ।

अंकतालिकामा न्युरोड टिम (एनआरटी) चौथो (१५), रुस्लान थ्री स्टार क्लब पाँचौं (१४), नेपाल पुलिस क्लब छैटौं (१४), प्रभु जाउलाखेल युथ क्लब सातौं (१२), संकटा क्लब आठौं (१२), एनआईबीएल फ्रेन्ड्स क्लब नवौं (११), च्यासल युथ क्लब दसौं (९) स्थानमा छन्।

यस्तै, अंकतालिकामा ब्रिगेड ब्वाइज क्लब एघारौं (८), यती हिमालयन शेर्पा क्लब बाह्रौं (७), नेपाल एपीएफ महिन्द्रा फुटबल टिम तेह्रौं (५) र सरस्वती युथ क्लब चौधौं (४) छन्।

दसौं चरणका खेल शनिबारबाट सुरु हुँदैछन्।

 

प्रकाशित: Jan 31, 2020| 07:56 शुक्रबार, माघ १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।