बिहीबार, असार ३२, २०८३

त्रिभुवन आर्मीलाई पुनः शीर्षमा उक्लने अवसर

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन्।
 |  आइतबार, माघ १९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १९, २०७६

काठमाडौं– कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन्।

त्रिपुरेश्वोरस्थित दशरथ रंगशालामा दिउँसो १२ बजे सुरु हुने पहिलो खेलमा हिमालयन शेर्पा र संकटा क्लब भिड्नेछन्।

अघिल्लो चरणमा सरस्वती युथ क्लबसँग पराजय भोगेको हिमालयन शेर्पा तालिकाको १२ औं स्थानमा छ। आजको खेलमा जित निकाल्न सके शेर्पा क्लब तालिकाको दशौं स्थानमा उक्लने सम्भावना छ।

अर्कोतर्फ तालिकाको आठौं स्थानमा रहेको संकटा क्लबको १२ अंक छ। आजको खेलमा जित निकाले तालिकाको शीर्ष ५ मा अटाउन सक्ने सम्भावना रहन्छ।

आजै हुने दोस्रो खेलमा उपाधि होडमा रहेको त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ। अंकतालिकामा १४ अंक जोड्दै नेपाल पुलिस छैठौं स्थानमा छ। आजको खेलमा जित निकाल्दै पुलिस तालिकाको शीर्ष ४ मा उक्लने लक्ष्यमा हुनेछ।

अर्कोतर्फ दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मीकाे २० अंक छ। आज जित निकाले त्रिभुवन आर्मीको २३ अंक हुनेछ र पुनः शीर्ष स्थानमा उक्लनेछ।

लिगकाे अंकतालिकामा शीर्ष स्थानमा रहेको मछिन्द्रको २२ अंक छ।

प्रकाशित: Feb 02, 2020| 09:19 आइतबार, माघ १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।