बुधबार, असार ३१, २०८३

कोरोनाका कारण चिनियाँ सुपर लिग स्थगित

चिनको घरेलु लिगको सुरु हुने समय भैसक्दा पनि लिग सुरु हुन सकेको छैन्। कोरोना भाइरसको संक्रमण बढीरहेका कारण लिग सुरु हुन नसकेको बताइएको छ।
 |  शुक्रबार, माघ १७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १७, २०७६

चीन - चिनको घरेलु लिगको सुरु हुने समय भैसक्दा पनि लिग सुरु हुन सकेको छैन्। कोरोना भाइरसको संक्रमण बढीरहेका कारण लिग सुरु हुन नसकेको बताइएको छ।

चीनको सुपर लिगमा प्रिमियर लिग खेलिसकेका खेलाडीहरु पनि रहेका छन्। याया टोरे, मारोउना फेलेइनाइ, ओस्कार, मार्को अर्नाउटोभिक र सोलोमोन रोन्डोनलगायतका खेलाडी प्रिमियर लिगपछि चिनियाँ लिगमा आएका हुन्। त्यस्तै, इटालिको प्रतिष्ठित क्लब रोमाका पूर्व कप्तान डेनियल डे रोस्सी पनि चिनियाँ लिगबाट खेलिरहेका छन्।

विश्वमै प्रतिष्ठा कमाइरहेको चिनियाँ सुपर लिगको नयाँ उद्घाटन मिति भने घोषणा गरिएको छैन। भाइरसको संक्रमणले चीनमा अन्य खेलका कार्यक्रम पनि प्रभावित बनेका छन्।

चीनमा फेब्रुअरी १५ र १६ मा पुरुष अल्पाइन स्काइकिङको आयोजना गरिएको थियो। तर, कोरोना भाइरसको संक्रमणका कारण त्यो प्रतियोगिता पनि रद्द गरिएको छ।

प्रकाशित: Jan 31, 2020| 17:25 शुक्रबार, माघ १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।