सोमबार, चैत ९, २०८२

क्रिस गेलले ईपीएल खेल्ने

युनिभर्स बोसका नामले चर्चित वेष्ट इण्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेल एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन्। उनी पोखरा राइनोजबाट ईपीएल खेल्न लागेका हुन्।
 |  बिहीबार, माघ १६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १६, २०७६

काठमाडौं- युनिभर्स बोसका नामले चर्चित वेष्ट इण्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेलले एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन्। ४० वर्षीय गेलले पोखरा राइनोजबाट ईपीएल खेल्न लागेका हुन्।

National life

पोखराले बिहीबार पत्रकार सम्मेलन गर्दै गेललाई आइकनिक खेलाडीको रुपमा अनुबन्ध गरेको जानकारी दिएको छ। लामो समयको प्रयासपछि उनलाई टोलीमा ल्याउन सफल भएको टिमकी मालिक दिपा अग्रवालले बताइन्।

गेल प्रतियोगिताका लागि मार्च १२ मा नेपाल आइपुग्ने छन्। उनले ईपीएलका कति खेल खेल्छन् भन्ने कुरा भने तय भइसकेको छैन। आईपीएलको पूरा तालिका अझै नआइसकेकाले उनी ईपीएलमा कति खेल खेल्छन् भन्ने निश्चित हुन सकेको छैन। तर उनले कम्तिमा दुई खेल भने खेल्ने भएका छन्।

ईपीएल चैत १ गतेदेखि १५ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।

प्रकाशित: Jan 30, 2020| 15:41 बिहीबार, माघ १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।