सोमबार, चैत ९, २०८२

एसिसी पूर्वी क्षेत्रीय क्रिकेटका लागि खेलाडी छनोट

 |  शनिबार, माघ १८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ १८, २०७६

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी पूर्वी क्षेत्रीय पुरुष टी-२० क्रिकेट प्रतियोगिताका लागि १८ खेलाडी छनोट गरेको छ।

National life

आगामी फागुन १५ देखि २३ गतेसम्म थाइल्यान्डमा आयोजना हुने उक्त प्रतियोगिताका लागि क्यानले सार्वजनिक गरेको टोलीमा ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, विनोद भण्डारी, करण केसी, दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी, आरिफ शेख, सन्दीप लामिछाने, अभिनाश बोहोरा, पवन सराफ, कुशल मल्ल, सन्दीप जोरा, भुवन कार्की, सुशन भारी, किशोर महतो, लोकश बम, रोहित पौडेल र शेर मल्ल रहेका छन्। शेर मल्ल पहिलोपटक सिनियर टोलीको १८ खेलाडीभित्र परेका छन्।

यस्तै भुवन कार्की लामो समयपछि टोलीमा पर्न सफल भएका छन्। क्यानले जारी गरेको १८ खेलाडीको सूचीबाट १४ खेलाडी छनोट गर्नेछ।

सो प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ। उक्त समूहमा आयोजक थाइल्यान्ड, मलेसिया र म्यान्मार छन्। यस्तै समूह ‘बी’ मा हङकङ, सिङ्गापुर, भूटान र चीन छन्।

नेपालले पहिलो खेल चीनसँग, दोस्रो खेल थाइल्यान्ड तथा तेस्रो खेल मलेसियासित खेल्नेछ। दुवै समूहको शीर्ष दुई/दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्।

Laxmi sunrise bank
kumari

उक्त प्रतियोगिताको विजेता टोली पाकिस्तानमा आयोजना हुने एसीसी एसिया टी-२० कपका लागि छानिनेछ। प्रतियोगितामा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तानले समेत खेल्नेछन्।

प्रकाशित: Feb 01, 2020| 07:48 शनिबार, माघ १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।