बुधबार, असार ३१, २०८३

रोमाको लज्जास्पद हार

सिरी एअन्तर्गत शनिबार राति भएको खेलमा रोमाले सैसेलोसँग पराजित भएको छ।
 |  आइतबार, माघ १९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १९, २०७६

आइ पेटाली– सिरी एअन्तर्गत शनिबार राति भएको खेलमा रोमाले सैसेलोसँग पराजित भएको छ।

सिट्टा डेल ट्रिकोलरमा भएको खेलमा रोमा सैसेलोसँग २–४ ले पराजित भएको हो।

सौसेलोका लागि फ्रान्सेस्को क्यापुतोले खेलको सुरुवातमै दुई गोल गरे। उनले खेलको सातौं मिनेटमा पहिलो र १६ औं मिनेटमा दोस्रो गोल गरे।

त्यस्तै, खेलको २६ औं मिनेटमा फिलिप डुरिकिकले तेस्रो गोल गरेपछि पहिलो हापमा सौसेलोले ३–०को अग्रता बनायो।

पहिलाे हापमा दोस्रो हापमा रोमाले दुई गोल गर्याे। रोमाका लागि एडिन डेज्को र जोर्डन भेरेओटले क्रमशः ५५औं र ७३ औं गोल गरे।

खेलको अन्तिम गोल सौसेलोका जेरेमी बागाले गरे। उनले ७४ औं मिनेटमा गोल गरेपछि सौसेलो ४–२ले विजयी भयो।

त्यसअघि रोमाका लोरेन्जो पेलिगिरी ६९ औं मिनेटमा रातो कार्ड खाँदै बाहिरिएका थिए।

जितसँगै सौसेलोले २६ अंक बनाएको छ। उसले ७ जित, पाँच बराबरी खेल्दै २६ अंक बनाएको हो। उता रोमा ३९ अंकका साथ अंक तालिकाको चौथो स्थानमा छ।

प्रकाशित: Feb 02, 2020| 13:06 आइतबार, माघ १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।