बुधबार, असार ३१, २०८३

रियललाई ६ अंकको अग्रता

ला लिगाअन्तर्गत शनिबार राति सम्पन्न खेलमा रियल मड्रिडले संघर्षपूर्ण जित निकालेको छ।
 |  आइतबार, माघ १९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १९, २०७६

बर्नबेउ– ला लिगाअन्तर्गत शनिबार राति सम्पन्न खेलमा रियल मड्रिडले संघर्षपूर्ण जित निकालेको छ।

उसले घरेलु मैदानमा एट्लेटिको मड्रिडमाथि १–० को जित निकालेको हो।

बर्नबेउ स्टेडियममा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

जितसँगै रियल मड्रिडले शीर्ष स्थानको होडमा रहेको बार्सिलोनासँग ६ अंकका अग्रता बनाएको छ।

खेलको ५६ औं मिनेटमा गोल गर्दै बेञ्जेमाले रियललाई सुरुवाती अग्रता दिलाएका थिए। फरल्यान्ड मेन्डिको गोललाई बेञ्जेमाले गोलमा परिणत गरेका थिए। बेञ्जेमाको गोलपछि रियलले अर्को गोल स्कोर गर्न नसक्दा उनको गोल निर्णायक बन्यो।

जितसँगै रियल मड्रिडले बार्सिलोनासँगको अंक दूरी बढाएको छ। रियल ४९ अंक जोडेर शीर्ष स्थानमा रहँदा बार्सिलोना भने ४३ अंकका साथ दोस्रो स्थानमा छ। त्यस्तै, सेभिया ३८ अंकका साथ तेस्रो स्थानमा छ।

शीर्ष ६ को प्रतिस्पर्धामा रहेको एट्लेटिको मड्रिड ३६ अंकका साथ छैटौं स्थानमा छ।

प्रकाशित: Feb 02, 2020| 09:10 आइतबार, माघ १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।