बुधबार, असार ३१, २०८३

सरस्वतीविरुद्ध थ्री स्टारको सानदार जित, संजोग बने नायक

जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज (शनिबार) थ्री स्टार क्लबले सानदार जित निकालेको छ।
 |  शनिबार, माघ १८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ १८, २०७६

काठमाडौं– जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज (शनिबार) थ्री स्टार क्लबले सानदार जित निकालेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उसले रेलिगेसन जोनमा रहेको सरस्वती युथ क्लबविरुद्ध ४–० को जित निकालेको हो।

थ्री स्टारको जितमा संजोग राईले ह्याट्रिक गरे, जुन २०७० सालयताको पहिलो हो।

संजोगले खेलको ५७ औं, ६० औं र ७१ औं मिनेटमा गोल गरे। त्यसअघि खेलको ४८ मिनेटमा थ्रीस्टारका तर्फबाट लाल रम्भाराले गोल गर्दै क्लबलाई सुरुवाती अग्रता दिलाएका थिए।

जितसँगै थ्रीस्टार क्लब १० खेलबाट १७ अंक जोड्दै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। उसले पाँच खेलमा जित र दुईमा बराबरी खेलेको छ।

अंक तालिकाका पहिलो, दोस्रो र तेस्रो स्थानमा क्रमशः त्रिभुवन आर्मी, मछिन्द्र र मनाङ मर्स्याङ्दी क्लब छन्।

प्रकाशित: Feb 01, 2020| 14:19 शनिबार, माघ १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।