बुधबार, असार ३१, २०८३

मेस्सीको ५ सय जितसँगै बार्सिलोना क्वाटरफाइनलमा

स्पेनिस कोपा डेल रेअन्तर्गत बिहीबार राति भएको खेलमा बार्सिलोनाले लेगानेसमाथि फराकिलो जित निकाल्दै क्वटरफाइनल प्रवेश गरेको छ।
 |  शुक्रबार, माघ १७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १७, २०७६

एजेन्सी– स्पेनिस कोपा डेल रेअन्तर्गत बिहीबार राति भएको खेलमा बार्सिलोनाले लेगानेसमाथि फराकिलो जित निकाल्दै क्वटरफाइनल प्रवेश गरेको छ।

घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले लेगानेसलाई ५–० ले हरायो।

जितसँगै अर्जेन्टिनी फरवार्ड मेस्सीले बार्सिलोनामा ५ सय खेल जितेका छन्। बार्सिलोनाका नयाँ प्रशिक्षक सिटिएनको आगमन भएपछिको यो सबैभन्दा ठूलो जित पनि हो। पछिल्लो पटक ला लिगामा भ्यालेन्सियासँग हारेपछि बार्सिलोनाले पुनरागमन गरेको हो।

बार्सिलोनाको जितमा कप्तान लियोनेल मेस्सीले २ गोल गर्दा एन्टोनी ग्रिजम्यान, क्लिमेन्ट लेनग्लेट र आर्थर मेलोले समान १ गोल गरे।

खेलको चौथो मिनेटमै ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। त्यसपछि लेनग्लेटले २७ औं मिनेटमा गोल गर्दा पहिलो हाफमा बार्सिलोना २–० ले अगाडि रह्यो।

दोस्रो हाफमा मेस्सीले टिमलाई फराकिलो जिततर्फ डोर्‍याए। उनले खेलको ५९ र ८९ मिनेटमा गोल गरे। त्यस्तै, आर्थरले ७७ औं मिनेटमा गोल गरे।

प्रकाशित: Jan 31, 2020| 08:09 शुक्रबार, माघ १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।