बुधबार, असार ३१, २०८३

लिभरपुललाई २२ अंकको अग्रता

इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुलले फराकिलो गोलअन्तरमा जित निकालेको छ।
 |  आइतबार, माघ १९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १९, २०७६

लन्डन– इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुलले फराकिलो गोलअन्तरमा जित निकालेको छ।

उसले साउथह्याम्टनमाथि ४–० को फराकिलो जित निकाल्यो।

लन्डन स्टेडियममा सम्पन्न खेलमा लिभरपुलले साउथह्याम्टनलाई हराउँदै लिगमा २२ अंकको अग्रता बनाएको हो।

लिभरपुलको जितमा मोहम्मद सलाहले २ गोल गर्दा अक्सलेड चेम्बरलेन र हेन्डरसनले १–१ गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा लिभरपुलले सबै गोल दोस्रो हाफमा गरेको थियो।

खेलको ४७ औं मिनेटमा चेम्बरलेनले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए। ६० औं मिनेटमा हेन्डरसनले गोल गर्दा लिभरपुलले २ गोलको अग्रता लियो। 

त्यस्तै, खेलको ७१ औं र ९० औं र ९० औं मिनेटमा सलाहले गोल गर्दा लिभरपुलले खेल ४–० ले आफ्नो पक्षमा पार्‍यो।

जारी सिजनमा अपराजित लिभरपुलको ७३ अंक छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ५१ र तेस्रो स्थानमा रहेको लेस्टर सिटीको ४९ अंक छ।

प्रकाशित: Feb 02, 2020| 12:11 आइतबार, माघ १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।