विद्यार्थीको अन्तिम मूल्यांकनका लागि सम्बन्धित प्रधानाध्यापकको संयोजकत्वमा समिति गठन भएको थियो। सोही आधारमा पठाइएको प्राप्तांकलाई आधार मानेर बोर्डले नतिजा प्रकाशन गरेको छ।
बलिउड फिल्मका निर्देशक निशिकान्त कामतको निधन भएको छ। केही समयदेखि बिरामी उनको हैदरावादस्थित एसियन इन्स्टिच्युट अफ ग्यास्ट्रोएन्ट्रोलोजीमा उपचार भइरहेको थियो।
सोमबारको सचिवालय बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौतमले पनि कार्यदल गठन गरिएको विषयमा असन्तुष्टि पोखेका छन्। उनले सचिवालयले सिर्जना गरेका समस्या समाधानको उपाय आफैंले पत्ता लगाउनुको साटो कार्यदल गठन गरिएको बताएका...