बुधबार, चैत ४, २०८२

सिटीका पूर्व कप्तान भिनसेन्टले लिए सन्न्यास

इङ्लिस क्लब म्यानचेस्टर सिटीका पूर्व कप्तान भिनसेन्ट काेम्पानीले सन्न्यासको घोषणा गरेका छन्।
 |  सोमबार, भदौ १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १, २०७७

एजेन्सी- इङ्लिस क्लब म्यानचेस्टर सिटीका पूर्व कप्तान भिनसेन्ट काेम्पानीले सन्न्यासको घोषणा गरेका छन्। खेलाडीबाट सन्न्यास लिएसँगै भिनसेन्टले फुटबल क्लब एन्डरलेच्टको पुरा समय प्रशिक्षक बन्ने बताएका छन्।

National life

३४ वर्षे फुटबलर गएको मे २०१९ मा प्लेयर मेनेजरको रुपमा बेल्जीयन क्लबमा आबद्ध भएका थिए। तर अहिले भने उनले खेलाडी जीवनबाट सन्न्यास लिने र प्रशिक्षक बन्ने बताएका हुन्।

एक बेल्जियन पत्रिकाको रिपोर्टका अनुसार क्लबबारे उनकाे सहप्रशिक्षक फ्रान्क वेक्र्याउटेरेनसँग कुरा मिलेकाे थिएन। जसकारण उनले वेक्र्याउटेरेनलाई बाहिर पठाउँदै क्लबमा स्थान बनाए।

एन्डरलेच्ट पछिल्लो सिजनमा लिग अंक तालिकाको आठौँ स्थानमा थियो। जहाँ भिनसेन्टले १५ खेलमा एक गोल गरे। उनले गएको सिजनमा आधा खेलाडी र आधा प्रशिक्षक भएर विताएका थिए।

सेन्ट्रल मिडफिल्डर भिनसेन्ट म्यानचेस्टर सिटीमा २००८ मा आबद्ध भएसँगै उनले राम्रो प्रदर्शन गरेका थिए। त्यसको केही समयमै उनी सिटीका कप्तान बन्न सफल रहे र उनले सन् २०११/१२ मा लिग उपाधि जिताए। त्यहाँ उनले अतिरिक्त तीन उपाधि जिते।

Laxmi sunrise bank
kumari

उनले सिटीबाट एफए कप, चार लिग कप र दुई कम्युनिटी सिल्ड पनि जिते। उनलाई सिटीका लेजेन्डको रुपमा पनि चिनिन्छ। उनी बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था एसओएस च्यारिटीका लागि फिफाका आधिकारीक एम्बेस्डर पनि रहे। डेलिमेल

प्रकाशित: Aug 17, 2020| 17:40 सोमबार, भदौ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।