सोमबार, भदौ २२, २०८३

एनभीएलमा आजपनि दुई खेल हुँदै

 |  सोमबार, भदौ २२, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०८३

काठमाडौं- जारी नेपाल भलिबल लिग (एनभीएल) मा आज दुई खेल हुदैछन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज मधेश वारियर्स र अन्नपूर्ण स्पाइकर्सबीच दिउँसो ४ बजे तथा सगरमाथा स्मासर्ससँग र कर्णाली शिवराजबीच साँझ ७ बजे खेल हुनेछ।

अन्नपूर्णले यसअघि खेलेका २ खेलमा एक जित र एक हार बेहोरेको छ भने मधेश वारियर्सले यसअघि खेलेका दुवै खेलमा हार बेहोरेको छ। 

त्यस्तै कर्णालीले यसअघि खेलेका दुवै खेलमा जित हासिल गरेको छ भने सगरमाथा स्मासर्सले पनि यसअघिका दुवै खेल जितेको छ।  

केडिया समूहद्वारा आयोजित लिगमा ६ टोलीको सहभागिता रहेको छ। नेपाली पुरुष भलिबलमा पहिलोपटक आयोजना गरिएको फ्रेन्चाइज लिगको विजेताले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। यो नेपाली भलिबलमा अहिलेसम्मकै सर्वाधिक नगद पुरस्कार हो।

भदौ २७ गतेसम्म सञ्चालन हुने लिगमा ६ टोलीले एकअर्काविरुद्ध एकपटक खेल्नेछन्। लिग चरणको अन्त्यमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्नेछ। दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि निर्णायक खेल खेल्नेछन्।

प्रकाशित: Sep 07, 2026| 08:06 सोमबार, भदौ २२, २०८३
प्रतिक्रिया दिनुहोस्