सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कुशे औंसीमा एनआईसी एशियाको मोबाइल बैंकिङ एवं कार्डमार्फत उपहार खरिदमा ३० प्रतिशतसम्म छुट

कुशे औंसीमा एनआईसी एशियाको मोबाइल बैंकिङ एवं कार्डमार्फत उपहार खरिदमा ३० प्रतिशतसम्म छुट

 |  सोमबार, भदौ १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १, २०७७

काठमाडौं- एनआईसी एशिया बैंकले कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनलाई लक्षित गरी बुबालाई उपहार किन्दा ३० प्रतिशतसम्म छुटको योजना ल्याएको छ । 

बैंकले कुशे औंसीका दिन विभिन्‍न सामग्री खरिद गर्न देशका विभिन्‍न १४ वटा मर्चेन्टहरूसँग समझदारी गरी ३० प्रतिशतसम्म छुट योजना ल्याएको जनाएको छ । ग्राहकले उक्त विशेष दिनमा सामग्री खरिद गरी बैंकको मोबाइल बैंकिङ र कार्ड (डेबिट तथा क्रेडिट) बाट कारोबार रकम भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्ने जनाइएको छ ।

बैंकसँग सो अवधिमा आबद्ध भएका विभिन्‍न १४ वटा मर्चेन्टमार्फत विभिन्‍न इलेक्ट्रोनिक सामग्रीहरू, कपडा, केक, मिठाईलगायत सामग्रीहरू उक्त छुटमा खरिद गर्न सक्नेछन् ।

यस बैंकका मोबाइल बैंकिङ र कार्ड (डेबिट तथा क्रेडिट) प्रयोगकर्ता महानुभावहरूले सीजी डिजिटल, एलजी लाइफस्टाइल सप्पी, होटल र्‍याडिसन, त्रिवेणी ग्रुप, ८ डिग्री, केटीएम सिटी, कृष्ण पाउरोटीलगायत मर्चेन्टबाट सामग्री खरिद गर्दा लागत मूल्यको ३० प्रतिशतसम्म छुट उपलब्ध गराउने गरी बैंकले समझदारी गरेको जनाएको छ ।

बैंकले आफ्ना मोबाइल बैंकिङ वा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्तालाई देशभरका २,५०० वटाभन्दा बढी अस्पताल, होटेल तथा रेस्टुरेन्ट, डिपार्टमेन्ट स्टोरलगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको जनाएको छ ।

प्रकाशित: Aug 17, 2020| 17:24 सोमबार, भदौ १, २०७७
प्रतिक्रिया दिनुहोस्