बिहीबार, भदौ ११, २०८३

५ जिल्लामा कोरोना संक्रमितको संख्या शून्य

सोमबार ५ जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ।
 |  सोमबार, भदौ १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १, २०७७

काठमाडौं– सोमबार ५ जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डोल्पा, हुम्ला, मनाङ, मुस्ताङ र संखुवासभामा हाल सक्रिय संक्रमित छैनन्।

त्यस्तै ५ जिल्लामा ५०० भन्दा बढी सक्रिय कोरोना संक्रमित छन्। काठमाडौं, रौतहट, मोरङ, महोत्तरी र पर्सामा ५०० बढी कोरोना संक्रमितको संख्या भएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको जोखिम कम गर्न सकभर घरमै बस्न आग्रह गरेको छ। घरबाट निस्कनै परे अनिवार्य मास्क लगाउन, भीडभाड नगर्न र व्यक्तिगत दूरी कम्तिमा दुई मिटर राख्न मन्त्रालयको आग्रह छ।

त्यसैगरी, साबुन पानीले नियमित हात धुन, अनावश्यक रुपमा नाक, मुख, आँखामा हात नलैजान र स्यानिटाइजरको प्रयोग गर्न मन्त्रालयले आह्वान गरेको छ।

 

प्रकाशित: Aug 17, 2020| 16:36 सोमबार, भदौ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।