काठमाडौं- बिगमार्टमा सपिङ गर्दा ई-सेवा तथा फोनपे नेटवर्कमार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट पाइने भएको छ ।
डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले बिगमार्ट र ई-सेवाको सहकार्यमा सुरु भएको यो योजना भदौ ३१ गतेसम्म लागु हुनेछ । यो योजना बिगमार्टका ५० वटै स्टोर्समा लागु हुने जनाइएको छ ।
योजना अनुसार बिहान र बेलुका फलफूल तथा तरकारी खरिद गर्दा ई-सेवा तथा फोनपेबाट (मोबाइल बैंकिङ) क्यूआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट पाइने छ भने दिउँसो ११ देखि ४ बजेसम्म २५ प्रतिशत छुट पाइनेछ । यस्तो छुट अधिकतम ३ सयसम्म पाइनेछ ।
कोरोना महामारीका बेला सबैतिर डिजिटल भुक्तानीका लागि प्रोत्साहन भइरहेका बेला ई-सेवा र बिगमार्टले पनि डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न यो योजना सुरु गरेको जनाइएको छ ।