बिहीबार, साउन २१, २०८३

यसरी हेर्न सकिन्छ एसईईको नतिजा

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ।
 |  सोमबार, भदौ १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १, २०७७

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ।

बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार आजै सोमबार केही बेरमा नतिजा सार्वजनिक हुनेछ।

यो वर्ष कोरोना भाइरसको संक्रमणका कारण एसईईको परीक्षा लिइएको छैन। विद्यालयले पठाएको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन हुने बोर्डले जनाएको छ।

परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट see.gov.np, राष्ट्रिय परीक्षा बोर्डको neb.gov.np, शिक्षा विभागको doe.gov.np, शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np र नेपाल टेलिकमको see.ntc.net.np मा लग इन गरेर नतिजा हेर्न सकिन्छ।

 

प्रकाशित: Aug 17, 2020| 18:33 सोमबार, भदौ १, २०७७
प्रतिक्रिया दिनुहोस्