शनिबार, कात्तिक २९, २०८२

बलिउड निर्देशक निशिकान्तको निधन

बलिउड फिल्मका निर्देशक निशिकान्त कामतको निधन भएको छ। केही समयदेखि बिरामी उनको हैदरावादस्थित एसियन इन्स्टिच्युट अफ ग्यास्ट्रोएन्ट्रोलोजीमा उपचार भइरहेको थियो।
 |  सोमबार, भदौ १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १, २०७७

एजेन्सी- बलिउड फिल्मका निर्देशक निशिकान्त कामतको निधन भएको छ। केही समयदेखि बिरामी उनको हैदरावादस्थित एसियन इन्स्टिच्युट अफ ग्यास्ट्रोएन्ट्रोलोजीमा उपचार भइरहेको थियो।

National life

आइसियुमा राखेर उपचार भइरहेका बेला उनको आज (सोमबार) निधन भएको हो।

निशिकान्तको निधनमा अभिनेता अजय देवगनले शोक व्यक्त गरेका छन्। अजय अभिनित दृश्यम फिल्म निशिकान्तले निर्देशन गरेका हुन्।

केही दिनअघि पनि निशिकान्तको निधनको खबर फैलिएको थियो।

निशिकान्तले सन् २००८ मा बनेको फिल्म ‘मुम्बई मेरी जान’ बाट निर्देशनको करियर सुरु गरेका थिए।

Laxmi sunrise bank
kumari

बक्स अफिसमा राम्रो प्रतिक्रिया प्राप्त गर्न सफल उक्त फिल्मपछि निशिकान्त बलिउडमा राम्रो निर्देशकका रुपमा चिनिएका थिए।

२०२२ मा रिलिज गर्नेगरी दरबदर फिल्मको तयारी गरिरहेका निशिकान्तको फिल्मको काम नसक्दै निधन भएको हो।

प्रकाशित: Aug 17, 2020| 18:25 सोमबार, भदौ १, २०७७
प्रतिक्रिया दिनुहोस्