सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बामदेव गौतमको स्वीकारोक्ति– नेतृत्वमा रहेका व्यक्ति असफल भएकै हौँ

बामदेव गौतमको स्वीकारोक्ति– नेतृत्वमा रहेका व्यक्ति असफल भएकै हौँ

सोमबारको सचिवालय बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौतमले पनि कार्यदल गठन गरिएको विषयमा असन्तुष्टि पोखेका छन्। उनले सचिवालयले सिर्जना गरेका समस्या समाधानको उपाय आफैंले पत्ता लगाउनुको साटो कार्यदल गठन गरिएको बताएका छन्।
 |  सोमबार, भदौ १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १, २०७७

काठमाडौं– सत्तारुढ दल नेकपाभित्र देखिएको विवाद समाधान गर्न गत बिहीबार र शुक्रबार दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच बीच छलफल भयो। छलफलमा उनीहरु विवाद समाधानका लागि कार्यदल गठन गर्न सहमत भए।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनाइयो। कार्यदलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका दुई–दुई जना स्थायी कमिटीका सदस्यहरु राखिए।

कार्यदल गठन भएपछि वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी कमिटीबाट कार्यदेशसहित अनुमोदन गर्नुपर्ने माग राखे।

त्यसै अनुसार सोमबार नेकपाको सचिवालय बैठक बस्यो। ३ साउनपछि बसेको सचिवालयको बैठकले कार्यदललाई अनुमोदन गर्ने निर्णय गर्यो।

सोमबारको सचिवालय बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौतमले पनि कार्यदल गठन गरिएको विषयमा असन्तुष्टि पोखेका छन्। उनले सचिवालयले सिर्जना गरेका समस्या समाधानको उपाय आफैंले पत्ता लगाउनुको साटो कार्यदल गठन गरिएको बताएका छन्।

‘सचिवालयले सिर्जना गरेका समस्या समाधानका उपायहरू आफैंले पत्ता लगाउनुको सट्टा, अथवा आफू रहेको कमिटीबाट समाधान गर्न नसकी छुट्टै कार्यदल बनाउनु हामी नेतृत्वमा रहेका व्यक्ति असफल भएकै हौँ ?’ उनले बैठकमा प्रश्न गरे।

गौतमले बैठकमा सकेसम्म आफूद्वारा सिर्जित समस्या आफैं समाधान गर्नुपर्थ्यो भनेर धारणा राखेका थिए। उनको सचिवालयले जारी गरेको विज्ञप्ति अनुसार कार्यदलप्रति गौतमको कुनै विरोध वा असहमति भने नरहेको बताइएको छ।

बैठकमा उपाध्यक्ष गौतमले अध्यक्षद्वयको राजीनामा भने नमागेको उनको सचिवालयले प्रष्ट्याएको छ।

प्रकाशित: Aug 17, 2020| 18:10 सोमबार, भदौ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।