काठमाडौं- वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागका नायब सुब्बा शिव शंकर महतो १० हजार घुससहित पक्राउ परको छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महतोलाई सेवाग्राहीबाट लिएको १० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।
अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले महतोले फर्मको दर्ता प्रमाण–पत्रसँग सम्बन्धित काम गर्दा सेवाग्राहीसँग घुस मागेको खुलेको बताए।
महतोलाई कार्यकक्षबाटै नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको अधिकारीले जानकारी दिए।