बिहीबार, साउन २१, २०८३

एसईई नतिजा केही बेरमा

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज (सोमबार) प्रकाशन गर्ने तयारी गरेको छ।
 |  सोमबार, भदौ १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १, २०७७

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज (सोमबार) बेलुका प्रकाशन गर्ने तयारी गरेको छ।

बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले केही बेरमा नतिजा सार्वजनिक गर्ने तयारी भएकाे नेपाल समयलाई जानकारी दिए।

यो वर्ष कोरोना भाइरसको संक्रमणका कारण एसईईको परीक्षा लिइएको छैन। विद्यालयले पठाएको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन हुने बोर्डले जनाएको छ।

एसईईकाे परीक्षा फारम ४ लाख ८२ हजार विद्यार्थीले भरेका थिए।

प्रकाशित: Aug 17, 2020| 18:05 सोमबार, भदौ १, २०७७
प्रतिक्रिया दिनुहोस्