सोमबार, असार २९, २०८३

पहिलो पटक भर्चुअल पुम्से आयोजना हुँदै

काठमाडौं जिल्ला तेक्वान्दो संघले प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप आयोजना गर्ने भएको छ।
 |  सोमबार, भदौ १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १, २०७७

काठमाडौं– काठमाडौं जिल्ला तेक्वान्दो संघले प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप आयोजना गर्ने भएको छ। प्रतियोगिता आउँदो अगस्ट २९ देखि ३० तारिखसम्म हुने तेक्वान्दो संघले बताएको हो।

प्रतियोगितामा करिब पाँच सय खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजक संघका अध्यक्ष अशोक खड्काले बताए। पुरुष/महिलामा समान ६–६ गरी १२ स्पर्धामा प्रतिस्पर्धा हुने छ।

यु–१२, यु–१५, यु–१८, १८–३१ वर्ष, ३१–४० वर्ष र ४१ वर्षमाथि उमेर समूहमा खेल हुने आयोजकले बाताएको छ। पुम्से विधामा मात्र प्रतिस्पर्धा हुने छ

सहभागी हुने खेलाडीले अगस्ट २७ र २८ तारिखमा श्रव्यदृष्य पठाइसक्नु पर्ने छ। प्रतियोगिता सञ्चालन गर्न खड्कासहित नोर्बु लामा, मीन न्यौपाने, हीराबहादुर थापा र विक्रम खड्गी निर्णायकका रुपमा परिचालन हुने छन्।

खड्का कार्यवाहक अध्यक्ष भएपछि पहिलो प्रतियोगिता हुन लागेको हो। खड्का साउन २० गते कार्यवाहक अध्यक्ष बनेका थिए।

प्रकाशित: Aug 17, 2020| 18:13 सोमबार, भदौ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।