मंगलबार, जेठ ५, २०८३

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

परीक्षा नियन्त्रण कार्यालयले २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ।
 |  सोमबार, भदौ १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १, २०७७

काठमाडौं– परीक्षा नियन्त्रण कार्यालयले २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ।

National life

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले नतिजा प्रकाशन भइसकेको र वेबसाइटमा राख्ने तयारी भइरहेकाे नेपाल समयलाई जानकारी दिए।

गत वर्ष कोरोना भाइरस संक्रमणका कारण एसईईको परीक्षा लिइएको छैन। विद्यालयले पठाएको आन्तरिक मूल्यांकनलाई प्रमाणीकरण गरेर नतिजा प्रकाशन गरेको बोर्डले जनाएको छ। एसईईको परीक्षा फर्म ४ लाख ८२ हजार ९८६ विद्यार्थीले भरेका थिए। त्यसमध्ये विद्यालयहरूबाट ४ लाख ७२ हजार ७८ विद्यार्थीको प्रमाणित प्राप्तांक विवरण प्राप्त भएको बोर्डले जनाएको छ। 

परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट https://www.see.gov.np/exam/results, राष्ट्रिय परीक्षा बोर्डको https://www.neb.gov.np/results, शिक्षा विभागको http://doe.gov.np/ शिक्षा मन्त्रालयको वेबसाइट https://moe.gov.np/ र नेपाल टेलिकमको https://see.ntc.net.np/ मा लग इन गरेर नतिजा हेर्न सकिन्छ।

सम्बन्धित समाचार :

यसरी प्रकाशित गरियो परीक्षा बिनाको एसईई नतिजा

प्रकाशित: Aug 17, 2020| 18:40 सोमबार, भदौ १, २०७७
प्रतिक्रिया दिनुहोस्