बुधबार, चैत ११, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • आर्थिक क्षेत्रसँग सम्बन्धित पाँच विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

आर्थिक क्षेत्रसँग सम्बन्धित पाँच विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक क्षेत्रसँग सम्बन्धित पाँच वटा विधेयक प्रमाणीकरण गरेकी छन्।
 |  सोमबार, असार १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १५, २०७७

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक क्षेत्रसँग सम्बन्धित पाँच वटा विधेयक प्रमाणीकरण गरेकी छन्।

National life

दुवै सदनबाट पारित विधेयक सोमबार प्रमाणीकण गरिएको राष्ट्रपति कार्यालयले जनाएको हो।

राष्ट्रपति भण्डारीले आर्थिक वर्ष २०७७/७८ को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन्।

त्यस्तै, ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश, २०७७ लाई प्रतिस्थापन गर्न बनेको विधेयक पनि प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रकाशित: Jun 29, 2020| 18:08 सोमबार, असार १५, २०७७
प्रतिक्रिया दिनुहोस्