काठमाडौं– गण्डकी प्रदेशमा सोमबारसम्म एक हजार ५५० जना कोरोनामुक्त भएका छन्। यो प्रदेशमा कुल संक्रमितको ८९.१३ प्रतिशत हो।
प्रदेशमा कोरोना भाइरसबाट संक्रमितको कुल संख्या एक हजार ७२९ पुगेको छ।
सक्रिय संक्रमितको संख्या १८४ छ। प्रदेशमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ।
क्वारेन्टिनमा रहनेको संख्या एक हजार १५० रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। मनाङ, मुस्ताङ र म्याग्दीमा कोरानाका सक्रिय संक्रमित छैनन्।
पर्वतमा १०५ जना संक्रमित भएकामा ९८ जना निको भएका छन्। सात जना संक्रमितको उपचार भइरहेको छ।
बाग्लुङमा २६७ संक्रमितमा २४६ जना निको भएको छ। सक्रिय संक्रमितको संख्या २० छ भने बाग्लुङमा कोरोना भाइरसबाट एक जनाको निधन भएको छ।
स्याङ्जामा ३०३ संक्रमितमध्ये २७० जना कोरोनामुक्त भएका छन्। ३१ जना उपचाररत छन् भने दुई जनाको निधन भएको छ।
मुस्ताङ र मनाङमा एकएक जनामा संक्रमण देखिएमा निको भइसकेको छ। म्याग्दीमा संक्रमित ४८ जना सबै निको भएर घर फर्किएका छन्। नवलपरासी पूर्वमा सक्रिय संक्रमितको संख्या ११ छ संक्रमित ३३७ मध्ये ३२६ जना निको भएका छन्।
कास्कीमा संक्रमित २३१ मध्ये १५७ जना निको भएका छन्। कास्कीमा सक्रिय संक्रमितको संख्या ७६ छ भने कोरोना भाइरस संक्रमणबाट एकजनाको ज्यान गएको छ।
लमजुङका ११२ जना संक्रमितमध्ये १०९ जना उपचारपछि घर फर्किएका छन्। तीन जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
गोरखामा संक्रमितको संख्या ११७ पुगेको छ। तीमध्ये ११२ जना निको भएका छन्। चार जना सक्रिय संक्रमित छन् भने एक जनाको कोरोना भाइररस संक्रमणबाट मृत्यु भएको छ।
तनहुँमा अहिलेसम्म २१७ जनामा संक्रमण पुष्टि भएकोमा १८२ जनाका उपचारपछि घर फकिएको निर्देशनालयले जनाएको छ। तनहुँमा सक्रिय संक्रमितको संख्या ३५ छ।