काठमाडौ– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी ‘सेल्फ आइसोलेसन’ मा बसेका छन्।
राष्ट्र बैंकमा प्रतिवेदन बुझाउन आएका एक इन्जिनियरलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि संभावित जोखिम कम गर्न उनी ‘सेल्फ आइसोलेसनमा’ बसेका हुन् ।
अधिकारी गत शुक्रबारदेखि सेल्फ आइसोलेसनमा रहेर घरबाटै काम गरिरहेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए।
त्यसअघि नेपाल राष्ट्र बैंकका एक सहायक निर्देशकलाई पनि कोरोनाको संक्रमण देखिएको थियो। ती सहायक निर्देशकमा संक्रमण देखिएपछि गभर्नर सहित सम्पूर्ण कर्मचारीको पीसीआर परीक्षण गरिएको थियो। त्यसबखत परिणाम नेगेटिभ आए पनि पुनः संक्रमितसँग हेलमेल भएपछि गभर्नर आइसोलेसनमा बसेका हुन्।
अहिले उक्त कार्यक्रममा सहभागी अन्य कर्मचारी पनि सेल्फ आइसोलेसनमा छन्। प्रवक्ता भट्टका अनुसार अहिले राष्ट्र बैंकका अधिकांश कर्मचारी सम्भव भएसम्म घरमै रहेर काम गरिरहेका छन्।