बुधबार, चैत ११, २०८२

यसरी प्रकाशित गरियो परीक्षा बिनाको एसईई नतिजा

विद्यार्थीको अन्तिम मूल्यांकनका लागि सम्बन्धित प्रधानाध्यापकको संयोजकत्वमा समिति गठन भएको थियो। सोही आधारमा पठाइएको प्राप्तांकलाई आधार मानेर बोर्डले नतिजा प्रकाशन गरेको छ।
 |  सोमबार, भदौ १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १, २०७७

काठमाडौं–  राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा नलिईकनै नतिजा सार्वजनिक गरेको छ।

National life

माध्यमिक शिक्षा परीक्षाको परीक्षा नलिईकनै नतिजा प्रकाशन गरिएको नेपालको शैक्षिक इतिहासमै पहिलो पटक हो।

यसपटक कोरोना महामारीका कारण परीक्षा हुन पाएन। त्यसैले सम्बन्धित विद्यालयको आन्तरिक मूल्यांकनलाई आधार बनाई नतिजा प्रकाशन गरिएको छ।

विद्यार्थीको अन्तिम मूल्यांकनका लागि सम्बन्धित प्रधानाध्यापकको संयोजकत्वमा समिति गठन भएको थियो। सोही आधारमा पठाइएको प्राप्तांकलाई आधार मानेर बोर्डले नतिजा प्रकाशन गरेको छ।

समितिमा सम्बन्धित कक्षा शिक्षक सदस्य र सम्बन्धित माध्यमिक तहका शिक्षकमध्ये नियुक्तिका आधारमा सबैभन्दा जेष्ठ र शिक्षक प्रतिनिधि सदस्य थिए।

Laxmi sunrise bank
kumari

विद्यार्थी मूल्यांकन गर्दा संवत् २०७६ को कूल पूर्णांकको सैद्धान्तिक र प्रयोगात्मक गरी पहिलो त्रैमासिकको १०, दोस्रोको ३० र तेस्रो त्रैमासिक परीक्षाको ६० प्रतिशत अंकभार दिई ग्रेड निर्धारण गर्नुपर्ने भनिए पनि कतिपय विद्यालयले आफूखुसी प्राप्तांक दिएको भन्दै आलोचना पनि भएको छ।

यसरी दिइएको प्राप्तांक स्थानीय तहको सहजीकरणमा जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइले विद्यालयका त्यस्ता मूल्यांकन विवरण संकलन गरी सक्कल प्रति परीक्षा नियन्त्रण कार्यालयलाई पठाइएको थियो। सोही आधारमा परीक्षाफल प्रकाशन गरिएको हो।

बोर्डले विद्यालयले उपलब्ध गराएको प्राप्तांकका आधारमा विद्यार्थीलाई ग्रेडसिट उपलब्ध गराउन लागेको छ।

कोरोना भाइरस संक्रमण जोखिमका कारण २०७६ चैत ६ गतेका लागि तोकिएको परीक्षा रद्द गरिएको थियो।

लामो समय लकडाउन भएपछि परीक्षामा सहभागी हुन फाराम भरेका करिब पाँच लाख विद्यार्थी अन्योलमा थिए।

मन्त्रिपरिषद्को गत जेठ २८ को बैठकले गत वर्षको अन्तिम मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने निर्णय गरेको थियो।

शिक्षा मन्त्रालयले ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ जारी गरेपछि परीक्षा नलिईकनै विद्यार्थीलाई ग्रेडसिट दिन लागिएको हो।

विगतमा परीक्षा नियन्त्रण कार्यालयबाट परीक्षा लिएपछि त्यसको उत्तरपुस्तिका परीक्षण, प्राप्तांक रुजुलगायतका कार्य गरेपछि मात्र एसईईको परीक्षाफल प्रकाशित हुन्थ्यो। 

गत वर्षको कक्षा १० को एसइई परीक्षाका लागि चार लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका थिए भने एक हजार नौ सय ९५ परीक्षा केन्द्र निर्धारण गरिएका थिए।

प्रकाशित: Aug 17, 2020| 18:45 सोमबार, भदौ १, २०७७
प्रतिक्रिया दिनुहोस्