विराटनगर १२ को सामुदायिक भवनमा ३० बेडको कोभिड १९ आइसोलेसन केन्द्र तयार गरी लायन्स क्लब डिस्ट्रिक ३२५ ए वानले प्रदेश १ सरकारलाई शुक्रबार हस्तान्तरण गरेको छ।
कोरोना महामारीका कारण रोकिएको नेपाल–भारत हवाई उडान सुरु गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराई र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच छलफल भएको छ।
चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्न थालेपछि यसबारे अध्ययन गरिने भएको छ। प्राकृतिक मृत्युदर उच्च हुँदै गएपछि मुत्युदर घटाउन निकुञ्जले अध्ययन गर्न लागेको हो।
ओली र दाहाल निकट बिचौलियाहरुले उनीहरुलाई एकै ठाउँमा भान्सा मात्र गराएनन्, सबैलाई चकित पार्दै उही संयुक्त भान्साघरको आँगनबाट संयुक्त चुनावी मोर्चा हुँदै पार्टी एकीकरणको घोषणा गराउन सफल भए।