शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • दक्षिण कोरियामा १५ लाख श्रमिकले तलब नपाएको तथ्यांक सार्वजनिक  

दक्षिण कोरियामा १५ लाख श्रमिकले तलब नपाएको तथ्यांक सार्वजनिक  

नेपालीका लागि रोजगारीको आकर्षक गन्तव्य मानिने दक्षिण कोरियामा १५ लाखभन्दा बढी श्रमिकले काम गरेवापत पाउनुपर्ने तलब नपाएको तथ्यांक सार्वजनिक भएको छ।
 |  शुक्रबार, असोज २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २३, २०७७

काठमाडौं- नेपालीका लागि रोजगारीको आकर्षक गन्तव्य मानिने दक्षिण कोरियामा १५ लाखभन्दा बढी श्रमिकले काम गरेवापत पाउनुपर्ने तलब नपाएको तथ्यांक सार्वजनिक भएको छ। 

National life

श्रमिकहरुले रोजगारदाताबाट पाउनुपर्ने उक्त रकम नपाएका हुन्।  यहाँको श्रम मन्त्रालयको तथ्यांकअनुसार सन् २०१६ देखि २०१९ सम्म १५ लाखभन्दा धेरै कामदारले नपाएको कूल तलब ७.१७ ट्रिलियन वोन पुगेको छ। 

सन् २०१६ मा मात्र तीन लाख २५ हजार चास सय ३० जनाले नपाएको ज्याला १.४३ ट्रिलियन पुगेको थियो। सन् २०१९ मा तीन लाख ४४ हजार नौ सय ७७ जनाले पाउनुपर्ने १.७२ ट्रिलियन वोन पुगेको छ। त्यसैगरी सन् २०२० को आठ महिनामा कामदारलाई नदिएको ज्याला आठ सय ९० बिलियन वोन पुगेको तथ्यांकमा उल्लेख छ।

ज्याला नपाउने कामदारमा सबैभन्दा धेरै उत्पादनमूलक कम्पनीमा छन्। दोस्रो स्थानमा निर्माण, खुद्रा व्यापार, होटल, रेस्टुराँमा काम गर्नेहरु छन्। सन् २०१९ मा मात्र पाँच जना वा सोभन्दा कम कामदार भएका कम्पनीमा बाँकी ज्याला ५४५.६ मिलियन वोन छ।  पाँच सयभन्दा धेरै कामदार भएका ठूला कम्पनीबाट तिर्न बाँकी रहेको ज्याला ६० बिलियन पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

पछिल्लो समय कामदारको ज्याला रोकिनुमा विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा आएको मन्दी मुख्य कारण रहेको तथ्यांकमा उल्लेख छ। 

Laxmi sunrise bank
kumari

कामदारले ज्याला नपाएका घटना धेरै बढिरहेको बताउँदै कानूनविद्हरूले आर्थिक संकट झेलिरहेका कम्पनीलाई सरकारले आर्थिक सहयोग गरी कामदारले पाउनुपर्ने ज्याला नरोक्न सुझाव दिएका छन्। 

यहाँको रिपब्लिक जनशक्ति पार्टीका नेता किम सुङ–वानले कामदारको ज्याला समयमा भुक्तानी नगर्ने रोजगारदातालाई जरिवानासमेत तिराउनुपर्ने सुझाव दिएका छन्।

यो तथ्यांक बाहिरए पनि झण्डै ५० हजारभन्दा बढी नेपालीले रोजगारी गरिरहेको देश दक्षिण कोरियामा नेपालीले हालसम्म बेतलबी बस्नुपरेको त्यस्तो उल्लेख्य घटना बाहिर आएको छैन। तथापि यसको प्रभाव पर्ने हो कि भन्ने चिन्ता यहाँ काम गरिरहेका नेपालीलाई छ।

प्रकाशित: Oct 09, 2020| 05:34 शुक्रबार, असोज २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।