काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपककुमार साहको नाम सिफारिस गरेका छन्।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार साहलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको जिम्मेवारी दिने निर्णय भएको हो।
साह सुनसरी ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।
यसअघि आजै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले राजीनामा दिएकी थिइन्।