सोमबार, कात्तिक ९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको शपथ ग्रहण कात्तिक १२ गते

कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको शपथ ग्रहण कात्तिक १२ गते

 |  सोमबार, कात्तिक ९, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ९, २०८३

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण समारोह कात्तिक १२ गते हुने भएको छ।

काँग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार शपथ ग्रहण समारोह कात्तिक १२ गते दिउँसो २ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा हुने भएको छ।

समारोहमा महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन आग्रह गरिएको छ। 

यसअघि बडादशैँको फूलपातीको दिन पारेर सभापति गगन थापाले पद तथा गोपनियताको शपथ लिदै कार्यभार सम्हालिसकेका छन्।

प्रकाशित: Oct 26, 2026| 13:09 सोमबार, कात्तिक ९, २०८३
प्रतिक्रिया दिनुहोस्