शुक्रबार, भदौ २६, २०८३

एसीसी प्रिमियर कपको फाइनलमा नेपाल र युएई भिड्ने

 |  शुक्रबार, भदौ २६, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २६, २०८३

काठमाडौं- नेपालले उत्कृष्ट बलिङ गर्दै मलेसियामा जारी एसीसी प्रिमियर कपको फाइनलमा युएईको सामना गर्ने भएको छ।

नेपालले सेमिफाइनलमा ओमानलाई पराजित गरेको थियो भने युएईले हङकङ चाइनालाई पराजित गरेको थियो।

अब फाइनल खेल नेपाली समय अनुसार शनिबार बिहान ७: १५ बजेदेखि  मलेसियाको क्वालालम्पुरस्थित क्रिकेट मैदानमा हुदैछ। त्यस्तै तेस्रो स्थानको खेलमा ओमान र हङकङ चाइना पनि शनिबार बिहान खेल्दैछन्।

नेपाल र युएईवीच अहिलेसम्म १५ एकदिवसीय खेल भएका छन्। जसमा नेपाल ९ खेल जितेको छ भने युएईले ६ खेल जितेको छ। 

नेपाल क्रिकेट संघ (क्यान) ले यस प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टिम पठाएको छ। नेपाली टिममा सन्दीप लामिछाने (कप्तान), असिफ सेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजबंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा रहेका छन्।

अब नेपाल र युएईबीचको विजेताले २०२७ को जुनमा बंगलादेशमा हुने एशिया कपमा भाग लिन पाउने छन्। एशिया कपका लागि आइसीसीका पूर्ण सदस्य भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तान सिधै छनौट भएका छन्।

प्रकाशित: Sep 11, 2026| 08:26 शुक्रबार, भदौ २६, २०८३
प्रतिक्रिया दिनुहोस्