सोमबार, कात्तिक ९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • एनपीएल क्रिकेटः सुदूरपश्चिमद्वारा लुम्बिनीलाई ८८ रनको सामान्य लक्ष्य 

एनपीएल क्रिकेटः सुदूरपश्चिमद्वारा लुम्बिनीलाई ८८ रनको सामान्य लक्ष्य 

 |  सोमबार, कात्तिक ९, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ९, २०८३

काठमाडौं। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८८ रनको सामान्य लक्ष्य दिएको छ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम ८७ रनमा समेटियो।

जसमा कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए। त्यस्तै, तल्लो क्रममा ब्याटिङ गरेका अनिल खरेल २६ बलमा १५ रन जोड्दै अविजित (नटआउट) रहे भने ओपनर सैफ जैबले १४ बलमा १३ रन बनाए।  

अन्य ब्याट्सम्यानहरूले भने दोहोरो अंकमा रन छुन सकेनन्। विनोद भण्डारी ८ बलमा ९ रन, ईशान पाण्डे ९ बलमा ७ रन, अविनाश बोहरा ९ बलमा ३ रन, ब्रान्डन म्याकमुलेन २ बलमा २ रन र शेरफेन रदरफोर्ड ४ बलमा १ रन बनाएर पेभिलियन फर्किए। 

आरिफ शेख (६ बल), स्कट कुग्गेलेइन (२ बल) र हेमन्त धामी (१ बल) खाता नखोली शून्य रनमै आउट भए। सुदूरपश्चिमले अतिरिक्त बापत १० रन प्राप्त गरेको थियो।  

प्रकाशित: Oct 26, 2026| 18:44 सोमबार, कात्तिक ९, २०८३
प्रतिक्रिया दिनुहोस्