सोमबार, कात्तिक ९, २०८३

प्रधानमन्त्री शाहले गरे एनपीएल उद्घाटन 

 |  सोमबार, कात्तिक ९, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ९, २०८३

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन गरेका छन्।

काठमाडौंस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुर पुगेर प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीसँगै शिक्षामन्त्री सस्मित पोखरेललगायतको उपस्थिति रहेको थियो। 

प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन्। लुम्बिनीले टस जितेर पहिला बलिङ गर्दैछ।

गत संस्करणमा हारेको बदला लिने पक्षमा सुदूरपश्चिम रहेको छ भने लुम्बिनी गत वर्षकै नतिजा दाहोर्याउने दाउमा हुनेछ। 

लुम्बिनी रोहितकुमार पौडेल र सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको छ। 

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सञ्चालन भएको प्रतियोगिता आगामी ५ मंसिरसम्म चल्नेछ। प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ। च्याम्पियन बन्ने टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख,तेस्रो स्थान हासिल गर्ने टोलीले ४० लाख पुरस्कार पाउनेछ। यस्तै सान्त्वना स्थान हासिल गर्ने टोलीले ३० लाखमा चित्त बुझाउनुपर्नेछ।

प्रकाशित: Oct 26, 2026| 17:15 सोमबार, कात्तिक ९, २०८३
प्रतिक्रिया दिनुहोस्