सोमबार, कात्तिक ९, २०८३

एनपीएल : लुम्बिनीको सानदार सुरुआत

 |  सोमबार, कात्तिक ९, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ९, २०८३

काठमाडौं। लुम्बिनी लायन्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सानदार सुरुआत गरेको छ।

जितका लागि पाएको ८८ रनको झिनो लक्ष्य लुम्बिनीले ९.५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो।

लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हरायो। जसमा डार्सी सर्टले सर्वाधिक ४० र आसिफ शेखले ३२ रन बनाए। सुदूरपश्चिमका अनिल खरेलले २ तथा कप्तान दीपेन्द्रसिंह ऐरीले १ विकेट हात पारे।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम ८७ रनमा समेटियो।

जसमा कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए। लुम्बिनीका किशोर महतोले ४ र शेर मल्लले ३ विकेट लिए। यसअघि गत संस्करणको फाइनलमा पनि लुम्बिनीसँग सुदूरपश्चिम हारेको थियो।

प्रतियोगिताअन्तर्गत भोलि दुई खेल हुनेछन्। पहिलो खेलमा मध्याह्न १२ बजे विराटनगर किङ्स र चितवन राइनोज तथा दोस्रोमा बेलुका ५ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्नेछन्।

प्रकाशित: Oct 26, 2026| 20:00 सोमबार, कात्तिक ९, २०८३
प्रतिक्रिया दिनुहोस्