काठमाडौं- सिटी एक्सप्रेस मनी ट्रान्स्फर र दुबईस्थित अल फर्दन एक्सचेन्जको सहकार्यमा यसपालीको दशै तिहारलाई लक्षितगर्दै दसैं तिहार बम्पर धमाका योजना सार्वजनिक गरेका छन् ।
सो योजनाअन्तर्गत दुबईको अल फर्दन एक्सचेन्जबाट सिटी एक्सप्रेसमार्फत पैसा पठाउदा आकर्षक उपहार तथा नगद उपहार जित्न सकिने कम्पनीले जनाएको छ ।
यस योजनामा बिजेता छनोट लक्की ड्र मार्फत गरिने र बिजेताहरुले हरेक हप्ता टि भी , माईक्रोवेभ जस्ता घरेलु उपकरण देखी ६ लाख नगदसम्मको बम्पर उपहार जित्न सक्ने कम्पनीले जनाएको छ । सो योजना नोभेम्बर १४ सम्म चल्ने जनाइएको छ ।