शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल–भारत उडान सुरु गर्न पर्यटनमन्त्री र भारतीय राजदूतबीच छलफल 

नेपाल–भारत उडान सुरु गर्न पर्यटनमन्त्री र भारतीय राजदूतबीच छलफल 

कोरोना महामारीका कारण रोकिएको नेपाल–भारत हवाई उडान सुरु गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराई र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच छलफल भएको छ। 
 |  शुक्रबार, असोज २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २३, २०७७

काठमाडौं– कोरोना महामारीका कारण रोकिएको नेपाल–भारत हवाई उडान सुरु गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराई र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच छलफल भएको छ। 

आज सिहंदरबारमा भएको छलफलमा भट्टराई र राजदूत क्वात्रा चाँडै दुई देशबीच हवाई उडान सुरु गर्ने निष्कर्षमा पुगेका हुन्। 

भेटमा मन्त्री भट्टराईले भैरहवाका साथै नेपालगन्ज र महेन्द्रनगर नाकाबाट पनि चाँडै उडान अनुमति दिन भारतसँग आग्रह गरेका थिए। 

भट्टराई र क्वात्राबीच पशुपति, लुम्बिनी र जनकपुरलाई विशेष धार्मिक तथा सांस्कृतिक गन्तव्यका रुपमा विकास गर्नेबारे पनि छलफल भएको थियो।  

रामायण सर्किटको अवधारणालाई छिट्टै कार्यान्वयनमा ल्याउन पनि दुवै देश सकारात्मक रहेको प्रतिबद्धता व्यक्त गरिएको छ। 

राजदूत क्वात्राले कोरोनाका कारण प्रभावित बनेको पर्यटन क्षेत्रलाई उकास्न भारत सरकारले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन्। 
 

प्रकाशित: Oct 09, 2020| 07:16 शुक्रबार, असोज २३, २०७७
प्रतिक्रिया दिनुहोस्