शनिबार, भदौ १३, २०८३

वालेटमार्फत राजस्व तिर्दा पुससम्म शुल्क नलाग्ने  

नेपाल राष्ट्र बैंकले सरकारी कोषमा राजस्व दाखिला गर्दा लाग्ने शुल्क निर्धारण गरेको छ। 
 |  शुक्रबार, असोज २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २३, २०७७

काठमाडौं– नेपाल राष्ट्र बैंकले सरकारी कोषमा राजस्व दाखिला गर्दा लाग्ने शुल्क निर्धारण गरेको छ। 

राष्ट्र बैंकले शुक्रबार भुक्तानी सेवा प्रदायकले सञ्चालक गरेको डिजिटल वालेटबाट राजस्व तिर्दा लाग्ने शुल्क निर्धारण गरेको हो। 

राजस्वको रकमअनुसार प्रतिकारोबार ५ देखि ३० रुपैयाँसम्म लाग्ने छ। तर, राष्ट्र बैंकले कोरोना महामारीले सिर्जित परिस्थितिलाई ध्यानमा राख्दै पुस मसान्तसम्म वालेटमार्फत गरिने दाखिला निःशुल्क हुने जनाएको छ। 

पुसपछि पनि एक हजार रूपैयाँसम्मको राजस्व दाखिला गर्दा शुल्क लाग्ने छैन। एक हजारदेखि ३ हजारसम्मको कारोबारमा प्रतिकारोबार पाँच रुपैयाँ, तीनदेखि १० हजार रुपैयाँसम्मको कारोबारमा १० रुपैयाँ र दश हजारदेखि माथिको कारोबारमा ३० रुपैयाँ शुल्क लाग्ने छ। 

वालेटको माध्यमबाट गरिने फन्ड ट्रान्सफर तथा भुक्तानी सीमा सम्बन्धी व्यवस्थामा राजस्व भुक्तानी शुल्क थप गरिएको राष्ट्र बैंकले जनाएको छ। 


 

प्रकाशित: Oct 09, 2020| 10:03 शुक्रबार, असोज २३, २०७७
प्रतिक्रिया दिनुहोस्