बुधबार राति सम्पन्न च्याम्पियन्स लिगअन्तर्गत दोस्रो लेगको खेलमा कप्ता सर्जियो रामो र इडेन हजार्ड खेलाइएको बारे समर्थक र फुटबल पण्डितहरूले आलोचना गरेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले कोभिसिल्ड र कोभ्याक्स खोपको थप डोज आयातका लागि हुकम डिस्ट्रिब्युटर्स प्रालि तथा भारत बायोन्टेकबाट उत्पादित कोभ्याक्सिन खोप ल्याउन इमराल्ड फर्मालाई अनुमति दिएको हो।
काठमाडौं उपत्यकामा आजदेखि निषेध आदेशमा कडाइ गरिएको छ। बुधबारसम्म बिहान बेलुका नै पसल खुला गरिए पनि आजदेखि भने बिहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने गरी आदेश जारी भएको हो।
नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ। अहिले १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटीको बैठक बस्न लागेको स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिए।
प्रदेशका १२ वटै जिल्लाको आशा र भरोसाको अस्पतालका रुपमा लुम्बिनी प्रादेशिक अस्पताललाई लिइन्छ। तर, अस्पतालले बिरामी थेग्न नसक्दा स्वास्थ्ययकर्मीकै अगाडि भकाभक बिरामी मरिरहेका छन्।