काठमाडौं – बुधबार राति सम्पन्न च्याम्पियन्स लिगअन्तर्गत दोस्रो लेगको खेलमा कप्ता सर्जियो रामो र इडेन हजार्ड खेलाइएको बारे समर्थक र फुटबल पण्डितहरूले आलोचना गरेका छन्।
बुधबार रातिको खेलमा बेल्जिया परवार्डलाई मैदानमा उतारिएको थियो। तर, उनले खेलमा सम्झानलायक प्रदर्शन भने गर्न सकेनन्। सायद त्यसकारण पनि हुनसक्छ रियल रिर्टनल लेगमा २–० गोलले पछि पर्दै फाइनल पुग्नबाट चुक्यो।
त्यसैले प्रशिक्षक जिनेदिन जिदानले हजार्डले पुरानो फर्म पुन: पाउनका लागि धेरैभन्दा धेरै खेलमा सहभागी बन्नुपर्ने बताएका छन्।
उनले पोस्टम्याच कन्फेरेन्समा भने, ‘इडेनले अझै खेल्नुपर्छ। अब उनले विस्तारै-विस्तारै खेलेर आफ्नो आत्मविश्वास फर्काउनु पर्नेछ।’
तर, के सबै खेलाडी फिट थिए भन्ने प्रश्नमा भने उनी केही चिन्तित बने। ‘हामीले सेमिफाइनल खेलेका हौं। त्यसका लागि खेलाडी तयार गरेका थियौं। उनीहरूले खेल्नु भनेको खेलका लागि तयार हुनु हो,' उनले उत्तरमा भने, ‘हामीसँग गर्व गर्नलायक खेलाडी छन्।'
उनले गएराति चेल्सीले उत्कृष्ट खेल्दै जित निकालको बताएका छन्। खेलका क्रममा चेल्सीले रियलविद्ध १५ प्रहार गरेको थियो। त्यसमा १० प्रहार पोस्टबाहिर गए भने तीन प्रहार किपरले बचाएका थिए।
त्यसबाहेकका प्रहार गोलमा बद्लिन सकेनन्। यता रियलले सात प्रहार गरे पनि समान पाँच प्रहार पोस्टको दिशामा गएको थियो।
तर, त्यसमध्य अधिकांश किपरको पन्जासम्म पुगेर बल रोकियो। खेलको ६८ प्रतिशत समय बलमा पकड बनाए पनि रियलले खेल जित्न सकेन्। त्यसैले जिदानेले आफ्नो टिमले अट्याकिङ थर्डमा राम्रो गर्न नसकेको स्वीकार गरेका छन्।
‘उनीहरू जितका लायक थिए। हामीले गरेको सबै प्रयास खेर गइरहेका थिए,’ उनले भने, ‘हामीले धेरै अवसर गुमायौं। महत्वपूर्ण कुरामा चुक्यौं।’
उनले आफ्नो टिम एट्याकिङमा अझै धेरै आक्रामक हुन सक्ने अवस्थामा सो हुन नसकेको बताएका छन्।