शुक्रबार, भदौ १९, २०८३

काठमाडौंको पेप्सीकोलामा आगलागी: १० पसल र ३ घरमा क्षति

 |  शुक्रबार, भदौ १९, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १९, २०८३

काठमाडौं- काठमाडौँ महानगरपालिका–३२ पेप्सीकोला प्लानिङमा गएराति भएको आगलागीबाट १० वटा पसल र ३ वटा पक्की घरमा क्षति पुगेको छ। आगलागीमा ६ वटाभन्दा बढी घर तथा टहरा पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

गएराती भएको आगलागी काठमाडौँ महानगरका तीन दमकल, ३० जना अग्नि नियन्त्रक र दुई पानी ट्याङ्करसहितको टोली, नेपाली सेना तथा छिमेकी पालिकाका दमकलसमेत परिचालन गरेर नियन्त्रणमा लिइएको थियो।

आगलागीका क्रममा ग्यास सिलिन्डर पड्किएपछि आगो थप फैलिएको थियो। काठमाडौं क्याफे, बेम्बो कटेज, तरकारी पसल, सेकुवा क्याफे र खाद्यान्न पसललगायतका संरचनामा क्षति पुगेको छ।

महानगरपालिकाको अग्नि नियन्त्रक टोली तथा सम्बन्धित निकायको समन्वयमा आगलागी नियन्त्रणमा लिइएको थियो। घटनामा मानवीय क्षति भने भएको छैन।

प्रकाशित: Sep 04, 2026| 09:06 शुक्रबार, भदौ १९, २०८३
प्रतिक्रिया दिनुहोस्