शुक्रबार, कात्तिक २८, २०८२

आजबाट सुरु हुँदै निफ : पहिलो दिन अनुराग कश्यपले अनुभव सुनाउँदै

नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करण आजबाट सुरु हुँदैछ।
 |  बिहीबार, वैशाख २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २३, २०७८

काठमाडौं - नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करण आजबाट सुरु हुँदैछ। भर्चुअल माध्यमबाट सुरु हुन गइरहेको महोत्सवको उद्घाटन समारोह १ बजेबाट सुरु हुँदैछ। पाँच दिनसम्म चल्ने यस महोत्सवको आज पहिलो दिन भारतीय फिल्म निर्देशक अनुराग कश्यपले अनुभव सुनाउँदैछन्। 

National life

साढे तीनबजेबाट सुरु हुने अनुरागको सेसन करिब डेढ घन्टासम्म चल्ने निफका अध्यक्ष केपी पाठकले जानकारी दिए।  कश्यपको यो सेसन निफ तथा विभिन्न मिडियाको फेसबुकबाट दर्शकले लाइभ हेर्न सक्ने अध्यक्ष पाठक बताउँछन्। 

कश्यप भारतमा फिल्म लेखक, निर्माता, अभिनेता र सम्पादकका रुपमा परिचित छन्। उनीद्वारा निर्देशित ‘ग्याङ्ग्स अफ वासेपुर’ फ्रान्सको चर्चित कान्स फिल्म फेस्टिभलमा समेत प्रदर्शन भएको थियो। ‘वाटर’, ‘ब्ल्याक फ्राइडे’, ‘गुलाल’, ‘लन्च बक्स’, ‘देव डी’ आदि उनी निर्देशित रुचाइएका फिल्म हुन्। 

यसपटक महोत्सवका लागि विश्वका विभिन्न ५२ देशबाट ४५० चलचित्र प्राप्त भएका थिए। तीमध्ये आन्तरिक छनोट समितिले दिएको नम्बरका आधारमा उच्च नम्बर पाउने चलचित्रमध्येबाट ३१ देशका ६३ चलचित्रलाई महोत्सवमा प्रतिस्पर्धाका लागि छनोट गरिएको थियो भने नेपाली प्रतिस्पर्धाअन्तर्गत फिचर फिल्म छनोट गर्न बाँकी थियो।

यसपटक निफमा ६६ फिल्म देखाइनेछन्। तीन चलचित्रमध्येबाट एकले नेपाली फिचर फिल्म प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट चलचित्रको एक लाख नगद पुरस्कारसहित ट्रफी, उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्रीले ट्रफी पाउनेछन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 06, 2021| 06:37 बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्