बिहीबार, असार २५, २०८३

एनएसएलमा प्ले अफका लागि रस्साकस्सी

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत बिहीबार दुई खेल हुँदैछन्।
 |  बिहीबार, वैशाख २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २३, २०७८

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत बिहीबार दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो साढे २ बजेको खेलमा ललितपुर सिटी फुटबल क्लबले बुटबल लुम्बिनी फुठबल क्लबको सामना गर्नेछ।

आजको खेल दुवै टिमका लागि निकै महत्वपूर्ण छ। किनेभने लिगमा तीन जित निकाल्दै धनगढी प्ले अफमा पुगिसकेको छ। त्यसैले अब प्ले अफका लागि तीन मात्र स्थान सुरक्षित छन्।

त्यही तीन स्थानमा पुग्नका लागि आज दुवै टिम प्रतिस्पर्धामा छन्। आजको खेलमा जित निकाल्न सके बुटबल लुम्बिनी प्लेअफको नजिक पुग्नेछ।

लिगमा जित निकाल्न नसकेपछि मुख्य प्रशिक्षक प्रदिप हुमागाईंलाई बर्खास्त गरेको ललितपुरलाई यो खेलबाट अर्को प्रशिक्षक राजु तामाङको प्रशिक्षणमा खेल्दैछन।

नयाँ प्रशिक्षकका साथ ललितपुरले जित निकाल्ने विश्वास गरेको छ। यदी ललितपुरले जित निकालेको खण्डमा उसले ६ अंक बनाउने छ।

यसअघि उसले तीन बराबरी र एक हार बेहोरिसकेको छ। यता अपराजित बुठबल अघिल्लो खेलमा काडमाडौंसँग पराजित भएको थियो।
त्यस्तै, आज साँझ साढे पाँच बजेबाट सुरु हुने अर्को खेलमा काठमाडौंले विराटनगर सिटी फुटबल क्लबको सामना गर्नेछ।

तालिकामा दोस्रो स्थानको विराटनगर र तेस्रो स्थानको काठमाडौंमा खेलको विजेता जारी सिजनको प्ले अफमा पुग्ने अर्को टिम हुनेछ।

त्यसैले यो खेलमा जित निकाल्दै प्ले अफमा पुग्ने चाहना काठमाडौंको पनि हुनेछ र विराटनगरको पनि हुनेछ। अहिले दुवै टिमको समान ७–७ अंक रहेको छ। तर, यि दुई टिमलाई प्ले अफमा पुग्ने मात्र होइन शीर्ष दुईमा पुग्न चाहान्छन्।

शीर्ष दुईमा पुग्ने टिमलाई फाइनलको यात्रा केही सहज हुनेछ। किनभने शीर्ष दुईबीचको विजेताले सीधा फाइनल खेल्न पाउने छ। र, पराजित टिमलाई पनि फाइनलमा पग्नका लागि अर्को अवसर हुनेछ।

प्ले अफ प्रणालीमा शीर्ष दुई विचको खेलमा पाराजित टिमले लिग चरणमा तेस्रो र चौथो हुने टिमबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। र, सो खेलको विजेता फाइनल पुग्नेछ।

प्रकाशित: May 06, 2021| 05:32 बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।