अहिले सरकारले तीन देशमा सातामा बढीमा दुई उडान हुने गरी नियमित उडान खोलेसँगै विभागले पहिले बायोमेट्रिक नभएका श्रमिकलाई पुनः श्रम स्वीकृति प्रदान गर्न कार्यालय खोल्ने जनाएको छ।
'विपक्षीहरूले समेत बजेटप्रति विरोध गरौँ भने विरोध गर्ने ठाउँ कमै पाइएको छ। बजेटका सम्बन्धमा विरोधको विज्ञप्ति जारी गरे पनि विरोध गर्ने ठाउँ पहिल्याउनै सक्नुभएनछ। विपक्षीहरूले पनि विरोध गर्ने ठाउँ पाउनु...
पहिलो र दोस्रोजस्तै तेस्रो लोकतान्त्रिक क्रान्ति पनि ‘जाडोको छोटो सिरक’ जस्तो भइसक्यो। यता तान्यो, उता पुग्दैन, उता तान्यो यता पुग्दैन। खुट्टा छोप्यो छाती र टाउको खुलै, टाउकोतिर तान्यो खुट्टा चिसाको...
नेपालको संविधान धारा १८२ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेश सभाको आठौं (वर्षे) अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवत्ता भीमराज थानीले जानकारी दिए।
नगरपालिकाको पहाडी क्षेत्रमा पर्ने वडा नं १० को मझवाङ मावि र वडा नं ९ को चतुर्मुखी माविमा प्रजा (चेपाङ) छात्रावास निर्माण गरिरहेको छ। नगरपालिकाका इन्जिनियर राजेश कोइरालाका अनुसार मझवाङ माविमा...
सत्तारूढ दल नेकपा (एमाले) का नेता गोकर्ण विष्टले आफ्नो समूहको नेतृत्वसँगको सल्लाहमा नै पार्टी अध्यक्ष केपी शर्मा ओली समूहसँग वार्ता र छलफल गरेको प्रष्टीकरण दिएका छन्।
प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनका १४६ जना सांसदले दायर गरेको मुद्दा सुनुवाइका लागि गठन हुने संवैधानिक इजलासमा ११ जना न्यायाधीश नराख्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन पेश भएको छ।
जनता समाजवादी पार्टी (जसपा) को एउटा समूह केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने निश्चित भइसकेको बेला जसपाकै अर्को समूहका नेता उपेन्द्र यादवले नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीसँग भेटवार्ता गरेका छन्।