मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नागरिकता अध्यादेशविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ २७ गते

नागरिकता अध्यादेशविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ २७ गते

नागरिकतासम्बन्धी अध्यादेश खारेजीको माग गर्दै दायर गरिएको मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ।
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

काठमाडौं- नागरिकतासम्बन्धी अध्यादेश खारेजीको माग गर्दै दायर गरिएको मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ। सर्वोच्च अदालतमा रिटमाथिको बहस नसकिएपछि उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।

रिट निवेदक अधिवक्ता वीरभद्र जोशीले मुद्दाको अर्को सुनुवाइ जेठ २७ गतेका लागि तोकिएको जानकारी दिए। राष्ट्रपतिको कार्यालय समेतलाई विपक्षी बनाएर ६ वटा रिट निवेदन दर्ता भएका थिए। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले ती मुद्दाको सुनुवाइका लागि आफ्नो नेतृत्वमा वरिष्ठताकै आधारमा संवैधानिक इजलास गठन गरेका थिए।

इजलासमा उनले आफूपछि दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडालाई राखेका थिए। हरिकृष्ण कार्कीपछि रहेका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ होम आइसोलेसनमा रहेका कारण न्यायाधीश खतिवडालाई इजलासमा राखिएको थियो। 

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ९ गते नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी थिइन्।

प्रकाशित: Jun 04, 2021| 08:40 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।