मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पीडित स्वास्थ्यकर्मीको बयान– आगो लगाएर मार्छु भन्दै स्यानिटाइजर खन्यायो, धन्न ! साथीहरूले बचाए

पीडित स्वास्थ्यकर्मीको बयान– आगो लगाएर मार्छु भन्दै स्यानिटाइजर खन्यायो, धन्न ! साथीहरूले बचाए

स्वास्थ्यकर्मी बुढालाई बिहान ८ बजेतिर स्यानिटाइजर खन्याएर आगो लगाउने प्रयास भएको थियो।
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

सुर्खेत– चंलेखी गाउँपालिका हुम्लाका स्वास्थ्य शाखा संयोजक कालीबहादुर बूढामाथि हातपात भएको छ। वडा नं. ४ का स्थानीय अमृत रोकायाले उनीमाथि हातपात गरेका हुन्। 

अमृतकी कोरोना संक्रमित श्रीमतीको उपचारमा लापरवाही गरेको र संक्रमितलाई अस्पताल लैजान हेलिकोप्टर नल्याइदिएको आरोप लगाउँदै उनीमाथि हातपात भएको हो। 

स्वास्थ्यकर्मीसमेत रहेका बुढालाई बिहान ८ बजेतिर स्यानिटाइजर खन्याएर आगो लगाउने प्रयास भएको थियो। पीडितले दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै चंलेखी गाउँपालिका–४ मा रहेको प्रहरी चौकीमा उजुरी दिएका छन्। 

पीडित बूढाको भनाइ उनकै शब्दमाः

बिहान ८ बजेको थियो। म कोठामा बसेर त्रैमासिक प्रतिवेदनको क्षेत्रीय मेडिकल पठाउने डाटा इन्ट्री गरिरहेको थिएँ। उ (अमृत रोकाया) एक्कासि आयो र तँलाई आगो लगाएर मार्छु भन्न थाल्यो। साथीहरु सम्झाउन खोज्दै थिए, स्यानिटाइजरको ग्यालेन खोलेर मेरो टाउकोमा छर्किने प्रयास गर्‍यो। म भाग्न खोजेँ। उसले ल्यापटपको चार्जर र पन्चिङ मेसिनले हान्यो। 

उसले आक्रमण गर्न खोज्दा ल्यापटप कुच्चिएको छ। मोबाइल फुटेको छ। अपाच्य शब्द प्रयोग गरेर गालीगलौज पनि गर्‍यो। आगो लगाएर मार्ने योजना बनाएर घरबाटै स्यानिटाइजर ल्याएको रहेछ । कोरोना संक्रमितको उपचार नगर्नेलाई मारिदिन्छु भन्यो। उसको परिवार (श्रीमती)लाई राति ज्वरो आएको रहेछ। ‘तिमीहरुलाई खबर गर्दा पनि हेर्न नआउने? औषधि पनि नदिने? मान्छेलाई मार्न खोज्ने?’ भन्दै गाली गर्‍यो। 

उसको परिवारलाई जेठ १८ गते कोरोना पुष्टि भएको हो। १८ गते नै उसले हेलिकोप्टर ल्याएर बाहिर उपचार गर्न लैजानुपर्छ भनेको थियो। मैले गाउँपालिका अध्यक्षलाई भन्नु भनेको थिएँ। अन्य रोगको भए मैले सिफारिस गर्नुपर्थ्यो। तर कोरोना संक्रमतिको बाहिर लैजानुप¥यो भने मैले सिफारिस पनि गर्नु पर्दैन। 

उसलाई त मेरो कारणले गर्दा हेलिकोप्टर आएन भन्ने लागेको रहेछ। म बूढो र सोझो मान्छे हुँ। बलियो छु भनेर मार्ने प्रयास गर्‍यो। सहभागी संस्थाका सर गोरखबहादुर शाही र स्वास्थ्य सहसंयोजक नरप्रसारद चौलागाईं सर नभएको भए मारिहल्थ्यो। उहाँहरुले छुट्याएर बचाउनु भयो।

कुटपिटबाट मेरो घाँटीमा कोतरिएको छ। कारबाहीका लागि प्रहरी चौकी र गाउँपालिकामा उजुरी दिएको छु। खै कारबाही हुन्छ कि हुँदैन ! मलाई मार्न खोज्नेलाई कानुनअनुसार कारबाही गर्नुपर्छ।

प्रकाशित: Jun 04, 2021| 09:40 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।