मंगलबार, असोज १३, २०८३

श्रम कार्यालय प्रत्येक बुधबार खुल्ने

अहिले सरकारले तीन देशमा सातामा बढीमा दुई उडान हुने गरी नियमित उडान खोलेसँगै विभागले पहिले बायोमेट्रिक नभएका श्रमिकलाई पुनः श्रम स्वीकृति प्रदान गर्न कार्यालय खोल्ने जनाएको छ।
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

काठमाडौं- वैदेशिक रोजगार विभागअन्तर्गतको श्रम कार्यालय ताहाचल अब प्रत्येक बुधबार खुल्ने भएको छ। बायोमेट्रिक नभएका व्यक्तिहरूको पुनः श्रम स्वीकृतिका लागि मात्र प्रत्येक बुधबार कार्यालय खुल्ने वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्ण प्रसाद दुवाडीको जानकारी दिए। 

अहिले सरकारले तीन देशमा सातामा बढीमा दुई उडान हुने गरी नियमित उडान खोलेसँगै विभागले पहिले बायोमेट्रिक नभएका श्रमिकलाई पुनः श्रम स्वीकृति प्रदान गर्न कार्यालय खोल्ने जनाएको छ।

कोरोना सङ्क्रमण रोकथामका लागि कार्यालयमा उपस्थित भई भौतिक रूपमा लिनुपर्ने सेवाहरू गएको वैशाख २४ गतेदेखि बन्द भएको थियो। कार्यालय बन्द रहेको समयमा पनि ६ हजारभन्दा बढी अनलाइनमार्फत् पुनः श्रम स्वीकृति लिएको कार्यालयले जानकारी दिएको छ।

प्रकाशित: Jun 04, 2021| 10:40 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्